मृत पिताको अस्तु छर्न विमानको प्रयोग, विमान दुर्घटनामा हुँदा छोराको पनि मृत्यु!

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४२


काठमाडौं। कसैको मृत्यु हुँदा कुनैपनि परिवार शोकमा डुब्नु सामान्य कुरा हो।

तर जब शोक परेको परिवारलाई अर्को झट्का लाग्छ त्यसले परिवारलाई झनै असहनीय पिडा दिन्छ।

अमेरिकामा एक परिवारलाई पनि दोब्बर शोक थपिएको छ। ५८ वर्षका लि सिमेनस्काईका पिताको हालै देहान्त भएको थियो।

उनले आफ्ना पिताको अस्तुलाई समुद्रमा छर्किन विमानको प्रयोग गरेका थिए।

तर पिताको मृत्यु भएको केही दिनमै उनको पनि अस्तु छर्नेक्रममा विमान दुर्घटनामा परेर मृत्यु भएको हो।

यो घटनापछि सामाजिक संजालमा लि सिमेनस्काईका परिवारप्रति अमेरिकी नागरिकहरुले गहिरो समवेदना व्यक्त गरिररहेका छन्।


प्रतिक्रिया दिनुहोस्