युक्रेनी सेनाका सहयोगी यी बेलायती नागरिक रुसी सेनाद्वारा मारिए, स्वदेश फर्काउन सहयोग उठाइँदै

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ०९


काठमाडौं। युक्रेनी सेनासँग काम गर्ने एक बेलायती नागरिक रुसी सेनाको कारवाहीमा मारिएका छन्।

यतिबेला उनको शव स्वदेश फर्काउन बेलायतभित्र सहयोग संकलन अभियान चलिरहेको पनि डेलीमेलले जनाएको छ।

४८ वर्षका क्रेग स्टेन्ली मकिनटोसले युक्रेनी सेनालाई युद्धको समयमा सहयोग गर्ने गरेका थिए। उनी घाइते सेनाको उपचारमा खटिएका थिए।

यसैहप्ताको बुधबार रुसी सेनाको एम्बुसमा परेका उनीसँगै अन्य युक्रेनी सेनाहरुलाई रुसी सेनाले खार्किभमा गोली हानेर मारेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

गोफन्डमी पेजमार्फत् यतिबेला उनको शव फर्काउन १२ हजार पाउन्ड संकलन भइसकेको उनकी बहिनी लोर्ना मकिनटोसले जानकारी दिएकी छिन्।


प्रतिक्रिया दिनुहोस्