ताइवानको टापुमा घुसेको चिनियाँ ड्रोन ध्वस्त बनाइयो

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ५ : १४


काठमाडौं। ताइवानले एउटा चिनियाँ ड्रोनलाई ध्वस्त बनाइदिएको छ।

आफूले नियन्त्रण गर्ने टापु क्षेत्रमा घुसेपछि ताइवानको सेनाले आक्रमण गरेर चिनियाँ ड्रोन खसाइदिएको ताइवानका प्रधानमन्त्री सु सेङ–चाङले बताएका छन्।

बिहीबार चिनियाँ शहर सियामेन सिटीबाट उडेको ड्रोन ताइवान नियन्त्रित किनमेन आइल्यान्ड पुगेको थियो।

सोही क्रममा ताइवानको सेनाले आक्रमण गर्दा चिनियाँ ड्रोन समुद्रमा खसेको बताइएको छ।

चीन र ताइवानबीचको तनाव उत्कर्षमा पुगेका बेला चिनियाँ ड्रोन ध्वस्त बनाइएको हो।

चीनले ताइवानलाई आफ्नो भूमि मान्छ तर ताइवानले आफू अलगै राष्ट्र भएको बताउँछ। ताइवानले यतिबेला अमेरिकाबाट हतियार खरिद गरिरहेको छ।

अमेरिकाले पनि चिनियाँ चेतावनी बाबजुद ताइवानमा आफ्ना प्रतिनिधिहरु पठाइरहेको छ। यी कार्यले चीन रुष्ट छ।


प्रतिक्रिया दिनुहोस्