कोरोनाबाट ३ जनाको मृत्यु, थपिए २०६ संक्रमित

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ४ : ४८


पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ३ जनाको मृत्यु भएको शुक्रबार जानकारी दिएको हो।

यस्तै २ हजार ८६९ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

१ हजार ५९५ पीसीआर परीक्षणमा १३४ संक्रमित र १ हजार २७४ एन्टीजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो।


प्रतिक्रिया दिनुहोस्