‘खर्च धान्नसक्ने केटासँग डेटिङ जान्छु, मेरो काम मात्र राम्री देखिनु र सपिङ गर्नु हो’

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ४ : १८


एजेन्सी । फ्रिकी प्रिन्सेस नामको टिकटक अकाउन्ट चलाउने एक महिला यतिबेला टिकटकमा निकै भाइरल छिन्।

उनले दिएका केही अभिव्यक्तिका कारण यतिबेला उनको आलोचना भइरहेको छ।

ती महिलाले आफ्नो खर्च धान्नसक्ने केटासँग मात्र आफू डेटिङमा जान सहमत हुने बताएकी छिन्।

साथै उनले प्रेम सम्बन्ध स्थापित गर्न चाहने पुरुषले आफ्नो लागि लुगा धुनेदेखि खाना पकाइदिनेसम्म काम गर्नुपर्ने बताएकी छिन्। उनले उनको काम मात्र राम्री हुनु हो पनि भनेकी छिन्।

उनले भनेकी छिन्,‘म त्यस्ता केटासँग मात्र डेट गर्न चाहन्छु जसले मेरो सम्पूर्ण खर्च धान्नसक्छ। मेरो काम मात्र राम्री देखिनु र सपिङ गर्नु हो।’


प्रतिक्रिया दिनुहोस्