अभिनेत्री तथा भिजे महालक्ष्मीले गरिन् विवाह, भनिन्ः भाग्यमानी महसुस भइरहेछ

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : ४०


काठमाडौं। भारत तमिलनाडुकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता महालक्ष्मीले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार विवाह गरेकी छिन्।

केही समययता प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्ना नजिकका साथीभाइ, परिवारका सदस्य र आफन्तबीच आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह गरेका हुन्।

विवाहको तस्बिरलाई इन्स्टाग्राममा सेयर गर्दै महालक्ष्मीले लेखेकी छिन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा म निकै भाग्यमानी महसुस गरिरहेकी छु। तिमीले मेरो जीवनलाई न्यानो मायाले पूर्ण गरिदिएका छौ। लभ यु अम्मु।’

रविन्दर चर्चित निर्माता हुन्। उनको आफ्नै निर्माण कम्पनी छ। उनले विभिन्न चर्चित टेलिश्रृङ्खला निर्माण गरेका छन्।


प्रतिक्रिया दिनुहोस्