धरानमा खानेपानी आपूर्ति प्रभावित

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : ४९


काठमाडौं । धरान उपमहानगरपालिकामा खानेपानी आपूर्ति प्रभावित भएको छ ।

अत्याधिक बर्षाको कारण लेदो बग्न थालेपछि मूहानबाट आउने पानी बन्द गर्नुपरेको उपमहानगरका मेयर हर्क साम्पाङले बताए ।

‘अत्याधिक बर्षादको कारण लेदो बग्न थालेपछि मूहानबाट आउने पानी बन्द गर्नु परेकोले हाल शहरमा पानीको आपूर्तीमा गिरावट भएको जानकारी गराउँदछु ! केही समयपछि आपूर्ती शुचारु हुनेछ !’ साम्पाङले सामाजिक सञ्जालमार्फत् भने ।

मेयरमा निर्वाचित भएपछि साम्पाङ सर्दु खोलाको पानी धराने जनतालाई खुवाउन लागिपरेका छन् ।


प्रतिक्रिया दिनुहोस्