डाइभर्सनमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ३७


पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा बुटवल खण्डमा यातायात आवागमन फेरि ठप्प भएको छ । सडक भासिएको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको हो ।

निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

भासिएको सडक निर्माण नभएको र वर्षाका कारण डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न नसकिने अवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्