काठमाडौं महानगरले बन्द गर्‍यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ३ : २६


काठमाडौं। काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ।

डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले बिहिबार दिउँसो बन्द गराएको हो।

अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि मेयर बालेन्द्र शाहको निर्देशनअनुसार डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्