निलम्बित प्रधानन्यायाधीश‍को दोस्रो दिनको बयान सकियो, अर्को आइतबार

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ४१


काठमाडौं । महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश‍ चोलेन्द्रशमशेर राणाले आज दोस्रो दिन पनि बयान दिएका छन्।

आजको उनको बयान २ वटा प्रश्नमा मात्र केन्द्रित थियो। तेस्रो दिनको बयान आइतबार हुने छ।

भोलि प्रतिनिधिसभा बैठक भएकाले अब १९ गते आइतबार बयानका लागि उनलाई बोलाइएको छ।

बिहीबारको बयानमा जबराले समितिको औचित्यमाथि नै प्रश्नसमेत उठाएका थिए। महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै समिति सदस्य भएको भन्दै उनले प्रश्न समेत उठाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्