चीनबाट १९ दिन पछि स्वदेश फर्के प्रकाण्ड

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : १२


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १९ दिनपछि स्वदेश फर्केका छन्।

ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपश्चात पनि प्रकाण्ड त्रिभुवन विमानस्थलबाट जहाज चढेर चीन गएका थिए।

चीनको १९ दिनको भ्रमणपछि आज उनी स्वदेश फर्केका हुन। विश्व राजनीति र समसामयिक विषयहरूमा आधारित र अग्रगामी हितलाई केन्द्र भागमा राखेर गरिएको उक्त भ्रमण दुवै देश र जनताको निम्ति महत्वपूर्ण उपलब्धि भएको नेकपाले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्राण्मा उनी चीन गएका थिए।


प्रतिक्रिया दिनुहोस्