गौरामा दिइएको सार्वजनिक बिदा काटियो!

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ९ : ५४


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक विदा झिकेको छ।

भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले विदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि विदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो।

तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको विदा झिकिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्