‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ९ : ३८


काठमाडौं । सुमन सायमीको नेतृत्वमा आज ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको अभियान’ घोषणा हुने भएको छ।

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूले आज साझा उम्मेदवार, साझा चुनाव चिह्न र साझा घोषणापत्र अभियानको घोषणा गर्न लागेका हुन।।

यो अभियानलाई ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नाम दिइएको छ।

आज दिउँसो २ बजे सानेपाको हेरिटेज गार्डेनमा अभियानको घोषणा समारोह राखिएको छ। गत स्थानीय तहको निर्वाचनमा सायमीले काठमाडौं महानगरको चुनावमा बालेन साहलाई जिताउन भूमिका खेलेका थिए।


प्रतिक्रिया दिनुहोस्