केपी ओलीको क्षेत्रबाट हाँस्य कलाकार चुनावमा उठ्ने

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ८ : ३१


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्रबाट एक जना हाँस्य कलाकार पनि चुनावमा उठ्ने भएका छन्।

कलाकार कुमार कट्टेल उर्फ ‘जिग्री ब्रो’ ले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका छन्।

उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएको हुन्। यो निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो।


प्रतिक्रिया दिनुहोस्