आजको मौसम: देशभर बर्षाको सम्भावना

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : ४२


काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्