घरको छैठौं तल्लाबाट हामफाल्दा काठमाडौंको बुद्धनगरमा २ विद्यार्थीको मृत्यु

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ००


काठमाडौं महानगरपालिका वडा नं। १० स्थित बुद्धनगरस्थित निर्मााणीधन घरको छैठौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ।

आज साँझ पौने ६ बजे भएको घटनामा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई छ तल्लाबाट खसेपछि नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो । चिकित्सकले साढे ६ बजे मृत घोषणा गरेको छ।

उनीहरु दुवैजना कक्षा ९ का विद्यार्थी रहेको बताइएको छ। दुवैजनाले हामफाल्नुको कारणबारे खुलिनसकेको छैन।


प्रतिक्रिया दिनुहोस्