पूर्वराजा ज्ञानेन्द्रकी आमाको आँखाको शल्यक्रिया

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ५५


पूर्व मुमाबडामहारानी रत्नराज्यलक्ष्मीको आँखाको शल्यक्रिया गरिएको छ।

९४ वर्षीया शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।

शाहकोआँखाको शल्यक्रिया सफलतापूर्वक भएको डा.सुमन एस थापाले जानकारी दिएका छन्।

डा.थापाले शल्यक्रियापछि तस्बिर सार्वजनिक गर्दै शल्याक्रिया सफलतापूर्वक सफल भएको भन्दै खुसी व्यक्त गरेका छन्।

९४ वर्षीया रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु क्लिनिकमा उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस्