राष्ट्रपतिलाई भेटेर प्रचण्डले भने-नागरिकता विधेयकमा धेरै राजनीति नहोस्

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ३२


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन्।

आज अपराह्न राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्ड नेतृत्वको टिमबीच भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपतिले नागरिकता विधेयकबारे चासो राखेको प्रचण्डको सचिवालयले जनाएको छ।

जवाफमा प्रचण्डले भने ‘वैवाहिक अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति ज्युले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन। यसबारे हाम्रो धारणा संसदमा रेकर्ड गराएका छौं। सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ। तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो। र, यो विधेयक ओलिजी ले पेश गरि राष्ट्रपति (तपाई)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्था अनुसार रहेको छ। यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ।’

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्