बालेनको आँखा फनपार्कमा, २४ घण्टाभित्र राजस्व नबुझाए शिलबन्दी गर्ने चेतावनी

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : २९


काठमाडौै । काठमाडौं महानगरपालिले राजस्व बुझाउन फनपार्कलाई पत्र काटेको छ।

महानगरले फनपार्कलाई २४ घण्टाभित्र राजस्व नबुझाए शिलबन्दी गरी कारबाही गर्ने चेतावनी समेत दिएको छ।

महानगरका राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेका छन्।

हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो।


प्रतिक्रिया दिनुहोस्