टेनिस स्टारको नितम्ब छोएर जितको खुशी मनाइयो, विरोध भएपछि उनी आफैैं भन्छिन्…

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ३०


काठमाडौं। टेनिस खेलको प्रतिष्ठित युएस ओपन प्रतियोगिताको लागि छनौट भएकी सारा बेजलिक यतिबेला विवादमा तानिएकी छिन्।

आफ्ना पिता र कोचको बचाउ गरेपछि उनको आलोचना भइरहेको हो। चेक रिपब्लिककी १६ वर्षीया सारा हालै अमेरिकामा सम्पन्न टेनिस खेल जितेर युएस ओपनको लागि छनौट भएकी छिन्।

जितपछि उनी आफ्ना पिता र कोच भेट्न जान्छन्। भिडिओमा देखिएअनुसार उनका पिता र उनका प्रशिक्षकले उनको नितम्ब छोएर उनलाई बधाई दिँदै खुशी साट्छन्।

पिता र कोचले साराको नितम्ब छोएपछि विश्वभरबाट यस कार्यको आलोचना भएको छ।

तर सारा आफैं यस घटनाको प्रतिवादमा उत्रिएकी छिन्। धेरै मानिसले यौनहिंसा भएको बताइरहँदा उनले चेक रिपब्लिकमा यसरी खुशी साट्नु र जितको खुशीयाली मनाउनु सामान्य भएको बताएकी छिन्।

स्वदेशमै भए यो घटनाले कुनै स्थान नपाउने उनको भनाइ छ। अमेरिकामा भएकाले मात्र यो घटनालाई ठूलो बनाइएको उनले बताइन्।

उनी भन्छिन्,‘मेरा पिता मेरा श्रेद्धय व्यक्ति हुन् र म उहाँलाई सँधै सम्मान गर्नेछु। आठ वर्षको हुँदादेखि कोचलाई मैले चिनेको छु। उहाँले जितको बधाई दिनु भएको हो। मसाज गरिदिनु भएको हो। चेक रिपब्लिकमा भएको भए यो सामान्य मानिन्थ्यो। अमेरिकामा यस्तो भएकाले घटनालाई ठूलो बनाइयो। अबदेखि यस्तो हुनेछैन।’ डेलीमेल

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्