चुनावको मुखमा नेकपा माओवादीलाई धक्का

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ४७


सिन्धुली । नेकपा माओवादीलाई चुनावको मुखमा धक्का लागेको छ । सिन्धुली जिल्लामा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसहित सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य मिथिला फुयाँल, सिन्धुली जिल्ला अध्यक्ष रामकुमार पौडेल, पालिका संयोजक गोपाल बुढाथोकी लगायत सयौँ कार्यकर्ताहरु बुधबार एमालेमा प्रवेश गरेका हुन् । फुयाँल गत स्थानीय चुनावमा नेकपा माओवादीबाट कमलामाई नगरपालिकाको उपमेयर उम्मेदवार समेत बनेकी थिइन् ।

उनीहरुलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्