फिफा विश्वकप २०२२ः कतारले कसरी व्यवस्थापन गर्ला भिषण गर्मी?

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ३३


काठमाडौं। फुटबल प्रेमीका लागि सन् २०२२ विशेष छ। किनभने यसवर्ष फिफा विश्वकप आयोजना हुँदैछ।

कतारमा आयोजना हुने विश्वकप फुटबल नोभेम्बर २० मा सुरु भएर डिसेम्बर १८ मा समापन हुनेछ।

यस विश्वकप अर्को एक कारणले पनि खास छ किनभने यो प्रतियोगिता चरम गर्मी हुने क्षेत्रमा हुँदैछ।

कतार अत्यधिक गर्मी हुने देश हो। कतारको तापक्रम यतिबेला ४० डिग्री सेल्सियस छ। गर्मी ज्यादै हुने भएकाले दर्शक र खेलाडीका लागि कतारले खेल हुने स्टेडियमा विशेष कुलिङ प्रणाली जडान गरेका छन्।

कतार स्टेडियममा कुलिङ प्रविधि जोड्ने पहिलो देश पनि बनेको छ। अर्थात् अत्यधिक गर्मी भएता पनि स्टेडियममा यस्तो वातावरण हुनेछ जहाँ चिसो र आराम महसुस हुनेछ।

Dr Cool Aircon Outlet Discount, 51% OFF | my-rai.com

अर्को खास कुरा के भने यो प्रक्रियाका लागि कतारले अतिरिक्त ग्यासको प्रयोग गरेको छैन जसले वातावरण प्रदूषण हुनेछैन।

कतार विश्वकपमा प्रयोगमा आउने ८ स्टेडियममा कुलिङ प्रणाली जडान छन् र उक्त प्रणाली संचालन गर्न सौर्य उर्जा प्रयोग हुनेछ।

कुलिङ प्रणाली यसरी डिजाइन गरिएको छ कि स्टेडियमको हावा छतको माध्यमबाट बाहिर निस्कनेछ। स्टेडियमाथिको छतले सूर्यको प्रकाशबाट आउने गर्मीलाई पछाडि नै फर्काइदिनेछ।

स्टेडियममा फिट गरिएको एअर कन्डिसनिङले फ्याक्ने हावा यसरी प्रवाह हुनेछ कि खेलाडीलाई मैदानमा प्राकृतिक हावा चलेको आभास पनि हुनेछ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्