बयान दिन निलम्बित प्रधानन्यायाधीश राणा सिंहदरबारमा

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ११ : १८


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानका लागि सिंहदरबार पुगेका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका हुन् । समितिको बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको हो ।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । सोही दिनदेखि उनी निलम्बनमा परेका थिए । गत फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिले २०७९ भदौ १ गतेदेखि काम थालेको थियो ।


प्रतिक्रिया दिनुहोस्