नेपाल स्टक एक्सचेञ्ज र सानिमा बैंकबीचको सम्झौता सम्पन्न

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १० : ५८


काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीचको सम्झौता सम्पन्न भएको छ ।

नेपाल स्टोक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीच १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि भएको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को क्रम संख्या १ देखी ५०,००,००० सम्मको अंकित तथा चुक्ता मूल्य १००० कायम भएको कुल ५०,००,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ५०,००,००० थान ऋणपत्र वितरण भई सुचिकरण विनियमावली २०७५ बमोजिम यही भदौ ६ गतेको निर्णय अनुसार उक्त स्टक एक्सचेञ्ज लिमिटेडमा सुचिकरण गरिएकाले सरोकारवाला सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको जनाइएको छ ।

उक्त कम्पनीको १९.२५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०७९’ को दोस्रो बजारको कारोबार भोलीबाटै शुरु हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्