रामदेव तेलद्धारा श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा आयोजना गरिएको योजनाको बिजेतालाई पुरस्कार बितरण

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १० : ४३


काठमाडौं । गणपति बनस्पति प्रा.लि.द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ताहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले लागु गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड बिन योजना सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई आज एक समारोहका बीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार बितरण गरिएको छ ।

जस अन्र्तगत प्रतियोगितामा भाग लिई बिजेता हुन सफल प्रतियोगीहरु मध्ये दुई जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरे । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल जोरपाटी काठमाण्डौंकी लता शाह तथा बालाजुकी सुस्मिता नेपालले पुरस्कार प्राप्त गरिन । उक्त बिजेताहरुलाई पुरस्कार बितरण रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले बितरण गरेका थिए ।

रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराउनु भएकोमा धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेता लता शाहले बताईन् । गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ ।

गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ ।

जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्