नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ०४


चितवन । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । अहिले बिहान साढे आठ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् ।


प्रतिक्रिया दिनुहोस्