काठमाडौं । पछिल्लो समय मान्छेहरूको सुन्दरताप्रति चासो झन् बढ्दै गएको छ। विवाह, व्रतबन्ध, साथीभाइसँगको भेटघाट देखि पार्टी होस् वा कुनै औपचारिक कार्यक्रममा जाँदा के लाउने, कस्तो देखिने भन्नेमा निकै मेहनत गर्छन्। मेकअप र हेयर स्टाइल पनि कसरी राम्रो बनाउने भन्नेमा धेरैको ध्यान हुन्छ। अनुहार र कपालको सुन्दरताको लागि मान्छेहरु अनेकौ ब्युटी प्रडक्टहरूको प्रयोग गर्छन्।
मानिसहरुको यहि आवश्यकतालाई ध्यान दिँदै अहिले बजारमा ब्यूटी केयर सम्बन्धी सेवा दिने उद्देश्यले धेरै फेसियल हाउस र ब्यूटी पार्लरहरू पनि खुलेका छन्। त्यस्ता फेसियल हाउस र ब्यूटी पार्लरमा जाने मानिसहरूको संख्या बढ्दो छ। तर, कतिपयको सेवामाथि प्रश्न समेत उठ्ने गरेको छ।
यस्तो बीच ब्युटी केयर क्षेत्रमा सेवाग्राहीको मन जित्न सफल र अलग्गै पहिचान बनाउन सफल भएको नाम हो ‘रश्मिला फेसियल हाउस एण्ड ब्युटी केय’र। १४ वर्ष अगाडि काठमाडौं मलबाट रश्मिला फेसियल हाउस एण्ड ब्युटी केयरको संचालन गरिन रश्मिला श्रेष्ठले। काठमाडौं मलको चौथो तल्ला पसल न ४२० बाट १६ लाखको लगानीमा सुरू भएको रश्मिलाजले अहिले काठमाडौं मलको चौथो तल्ला, काठमाडौ मलकै पहिलो तल्ला, गोंगबुको बिजी मल, माछापोखरीको बुद्ध मलमा आफ्नो व्यवसाय विस्तार गर्दै सेवा दिइरहेको छ। सबै ठाउँमा गरेर ६५ जना कर्मचारी कार्यरत छन।
सौन्दर्यको क्षेत्रमा आफ्नो पहिलाबाटै रूचि भएकोले आफ्नै नामबाट रश्मिला फेसियल हाउस एण्ड ब्युटी केयरको स्थापना गरेको रश्मिला बताउँछिन्। ब्युटी केयरको क्षेत्रमा उनको २० वर्षको अनुभव छ। रश्मिला फेसियल हाउस एण्ड ब्युटी केयरको स्थापना पुर्व उनले स्वयम्भूमा हेभेन पार्लर संचालन गरेकी थिइन। दुई वर्षसम्म सञ्चालनगरेर उनले हेभेन पार्लर बेचिन र नेपाल चाईना स्किन केयरमा स्किन केयर सम्बन्धी छुट्टै तालिम लिइन्। सुरुवाती दिनमा निकै समस्या र चुनौतीहरूको सामना गर्नु परेको उनको अनुभव छ। व्यवसाय विस्तार गर्न श्रीमान प्रकाशकुमार श्रेष्ठको महत्वपुर्ण भुमिका रहेको रश्मिला सम्झिछिन्। शुल्क पनि धेरै नरहेको र अरू फेसियल हाउसहरू भन्दा सस्तो र आम नागरिकहरूले पनि सहजै सेवा लिन पाउँनसकुन भनेर नै रश्मिला फेसियल हाउस एण्ड ब्युटी केयरको स्थापना भएको उनी बताउँछिन्।
उनका अनुसार सेवाग्राहीहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै रश्मिला फेसियल हाउस एण्ड ब्युटी केयरले हरबल र केमिकल रहित प्रोडक्टहरूको बढी मात्रामा प्रयोग गर्ने गरेको छ। कलाकार, व्यवसायी, सर्वसाधारण, खेलाडीलगायतको पहिलो रोजाइमा रश्मिला फेसियल हाउस पर्दै आएको छ। सेवाग्राहीहरु पनि सन्तुष्ट रहेको र राम्रो प्रतिक्रिया दिने गरेको उनले बताइन्। रश्मिला फेसियल हाउसको आफ्नै प्रोडक्ट भएको, विदेशबाट ब्यूटी केयर सम्बन्धी सामानहरू ल्याएर प्रयोग गरेको, नयाँ प्रविधि र उपकरणहरूको प्रयोग गर्ने भएकोले रश्मिला फेसियल हाउस एण्ड ब्युटी केयर अरू भन्दा फरक रहेको उनको दाबी छ। रश्मिलाजले ब्यूटी केयरसम्बन्धी विभिन्न तालिम कक्षाहरू समेत संचालन गर्दै आएको छ।
उनी भन्छिन ‘मानिसहरूमा पहिला बाटै सौन्दर्यप्रति रूचि थियो तर मान्छेहरु लजाउँथे। पार्लरहरू पनि कुना कुनामा खुल्ने गर्थ्यो। अहिले मानिसहरू सचेत छन्। उनीहरूको रूचि बढ्यो। नेपालमा अहिले व्युटी पार्लर क्षेत्र निकै राम्रो तरिकाले विस्तार हुँदै गएको छ। सौन्दर्यमा रूचि राख्नेहरूको लागि व्यवसाय गर्न ब्यूटी पार्लर राम्रो क्षेत्र रहेको छ।‘कोभिड अघि व्यवसाय राम्रोसंग संचालन भैरहेको थियो, देशको अरू ठाउँहरूमा पनि व्यवसाय विस्तार गर्ने उनको योजना थियो। तर,कोभिडले गर्दा सम्भव भएन र अब विस्तारै अझै थप्दै जाने योजना रहेको श्रेष्ठ बताउँछिन। रश्मिला भर्खरै ‘नारी रत्न’ सम्मानबाट सम्मानित भएकी थिइन।
सौन्दर्यविद श्रेष्ठसंग ब्युटिपार्लरबारे थप कुराकानी
मानिसहरूको सौन्दर्यप्रति रूचि बढ्नुको कारण के हो ?
अहिले सौन्दर्यप्रति रूचि धेरै नै छ, राम्रो बन्न खोज्छन, मानिसहरू सचेत भए, चटक्क पर्न चाहन्छन। एक अर्कालाई देखेर पनि मानिसहरूलाई रूचि बढेको हो। एकअर्कालाइ देख्दा कस्तो हुन्छ भन्दा उ राम्रो भयो म पनि राम्रो बन्छु भन्ने लाग्छ अनि ब्युटी प्रडक्ट प्रयोग गर्छन, पार्लर जान्छन। एकअर्काले गर्दा नै हो जस्तो लाग्छ रूचि बढेको।
ब्युटी पार्लर, फेसियल हाउसहरू जान पर्ने कतिको आवश्यक छ ?
ब्युटी पार्लर फेसियल हाउस नै जान पर्छ भन्ने छैन, घरमै गर्न सकिन्छ। पार्लरमा विभिन्न किसिमका क्रिम अनि प्रयोग गरिने तरिका भनिन्छ। अस्पतालमा रोग अनुसारको उपचार गरे जस्तै हो पार्लर। छाला, कपाल अनुसार नै लगाउँन सुझाव गरिन्छ। पार्लर र फेसियल हाउसमा धेरै सेवाहरू लिन पाउँछन जस्तै थ्रेडिङ, फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने। यी सबै मानिसहरूले घरमा गर्न सक्दैनन। पार्लरमा दक्ष सौन्दर्यकर्मिहरू पनि हुने भएकोले पार्लर जान जरूरी देख्छु।
बजारमा विभिन्न कम्पनीका प्रोडक्टहरू पाइन्छ, सबै प्रयोग गर्न योग्य छन त ?
कम्पनीहरूको आ–आफ्नो प्रोडक्टहरू हुन्छ। छाला, कपाललाइ मिल्दो प्रोडक्टहरू लाउँदा राम्रो हुन्छ। यही लाउनु पर्छ भन्ने छैन। ब्राण्डेड प्रोडक्टहरू प्रयोग गर्दैमा राम्रो हुने अरू प्रोडक्टहरू चाहिँ नराम्रो हुने हैन। सकेसम्म केमिकल रहित प्रोडक्टहरू प्रयोग गर्न सुझाव दिन्छु।
युट्युब, टिकटकमा पनि विभिन्न प्रोडक्ट र त्यसको प्रयोग विधिहरूको बारेमा हेर्न पाइन्छ नी ?
युट्युब, टिकटकमा धेरै त्यस्ता भिडियोहरू प्रसस्तै पाइन्छ। त्यस्ता भिडियोहरू हेर्दा एउटा कुनै कम्पनीको प्रोडक्टहरूको प्रयोग विधि बताइन्छ र त्यो नै सबैलाई उपयुक्त हुन्छ भन्ने हैन। सबै भिडियोमा सबैखाले प्रोडक्टको बारेमा बताइन्छ। त्यसले गर्दा झन द्विविधा हुन्छ तर पार्लरमा दक्ष सौन्दर्यकर्मिहरू हुने भएकोले सल्लाह दिने, प्रयोग गर्ने तरिका, फेसियल गर्ने तरिका, स्किन क्रिमहरू लगाउँने तरिका सिकाइन्छ। प्राय मानिसहरू क्रिम किन्न पार्लर नै रुचाउँछन्।