बहादुरीको तक्मा पाएको भोलिपल्टै रुसी सेनाबाट मारिए युक्रेनका उत्कृष्ट सैन्य पाइलट

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : २०


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ६ महिना पुरा हुन लागेको छ। तर युद्ध रोकिने कुनै छाँटकाँट देखिएको छैन।

युद्धका क्रममा रुस र युक्रेन दुवै तर्फका हजारौं सेनाले ज्यान गुमाइसकेका छन्। सैन्य क्षमताको हिसाबले रुस युक्रेनभन्दा धेरै शक्तिशाली छ। उसँग शक्तिशाली अत्याधुनिक हतियारहरु छन्।

यद्यपी युक्रेनले कडा प्रतिकार गरिरहेको छ। अमेरिका, बेलायत लगायतका पश्चिमा राष्ट्रबाट लगातार हतियार पाइरहेकाले युक्रेनले रुसी सेनालाई रोक्न सफल भइरहेको हो।

युद्ध जारी रहँदा हालै युक्रेनका सर्बोत्कृष्ट सैन्य पाइलटको रुससँगको युद्धमा मृत्यु भएको छ।

यसैहप्ता मेजर एन्टन लिस्टोप्याडले रुसविरुद्धको युद्धमा बहादुरीपूर्ण तवरबाट लडेको भन्दै तक्मा पाएका थिए। उनको तक्मा पाएको भालिपल्ट सोमबार नै रसी सेनाको आक्रमणमा मृत्यु भएको हो।

सन् २०१९ मा उनले युक्रेनी हवाई सेनाबाट उत्कृष्ट पाइलटको उपाधि प्राप्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्