आईफोन प्रयोगकर्ता होसियार, कम्पनीले भन्योः ह्याकरबाट बच्न फोन अपडेट गरौं!

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : ५५


काठमाडौं। एप्पलका आईफोन, आईप्याड, म्याकबुक लगायतका उत्पादनहरु तत्काल अपडेट गर्नको लागि कम्पनीले सूचना जारी गरेको छ।

एपपलका अनुसार आईओएस प्रणालीमा ह्याकरको पहुँच पुगेको हुनसक्ने आशंका गरिएको छ।

त्यसकारण आफ्ना उत्पादन प्रयोग गर्नेहरुलाई आइफोनले तत्काल आईओएस प्रणाली अपडेट गर्न सूचना जारी गरेको हो।

यदी पुरानै प्रणालीमा फोन तथा अन्य सामग्री चलिरहेका छन् भने त्यसबाट डेटा लिक हुन सक्दछ। द गार्डियन


प्रतिक्रिया दिनुहोस्