अमेरिकासँग रिसाएका परमाणु हतियार सम्पन्न चीन र रुसले संयुक्त युद्ध अभ्यास गर्दै

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : ३५


काठमाडौं। विश्व भूराजनीतिक परिप्रेक्षमा यतिबेला अमेरिका चीन र रुसको साझा प्रतिद्वन्द्वी हो।

चीन ताइवानलाई आफ्नो प्रान्त ठान्छ। सोही क्षेत्रलाई स्वायत्त क्षेत्र भन्दै अमेरिकाले यतिबेला त्यहाँ हतियार बेचिरहेको छ र चिनियाँ चेतावनी बाबजुद आफ्ना प्रतिनिधिहरु त्यहाँ पठाइरहेको छ।

यो घटनाक्रमले चीन ज्यादै चिढिएको छ। चीनले अमेरिकाले आगोसँग खेलिरहेकाले उ आफैं जल्ने बताएको थियो।

उता रुस र युक्रेनबीचको युद्ध ६ महिना यता जारी छ। अमेरिकाले हतियारहरु युक्रेनलाई सहयोग गरिरहँदा चीनजस्तै रुस पनि अमेरिकासँग रुष्ट छ।

यस सन्दर्भमा अमेरिकासँग रिसाएका यी दुई देश रुस र चीनले संयुक्त रुपमा युद्ध अभ्यास गर्ने भएका छन्। परमाणु हतियार सम्पन्न यी देशले अमेरिकासँगको टकराब जारी रहँदा संयुक्त युद्ध अभ्यास गर्नाले यो अमेरिकालाई स्पष्ट सन्देश हुनसक्छ कि चीन र रुस जस्तोसुकै अवस्था सामना गर्न तयार छन्।

एससीएमपीका अनुसार रुसले नेतृत्व गरेको भोस्तोक–२०२२ रणनीतिक सैन्य अभ्यास अगष्ट ३० देखि सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ।

यो पनिः

-अमेरिका र रुसबीच परमाणु युद्ध भए ५ अर्ब मानिसले ज्यान गुमाउनेछन्!

-ताइवान जोगाउन खोज्दा अमेरिकाले गुमाउनेछ ९ सय लडाकु विमान!


प्रतिक्रिया दिनुहोस्