काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा सारियो

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ४७


काठमाडौं । नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

घाँटीको क्यान्सर देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा एकमहिनादेखि उपचाररत गिरिलाई थप स्वास्थ्य समस्या भएपछि आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ।

उनलाई क्यान्सरसँगै निमोनिया पनि देखिएको र चिकित्सकले आफ्नो प्रयाश जारी राखेको अस्पताल स्रोतले जनाएको छ।

नेता गिरीको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेर फर्केका काँग्रेस नेता विमलेन्ध्र निधीले ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेका छन्।


प्रतिक्रिया दिनुहोस्