आज फेरि घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको मूल्य…

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ४४


काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

बिहिबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहिबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको थियो।

तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्