माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ४२


काठमाडौं । सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरू भएको बैठकले आज पदाधिकारीलाई अन्तिम रुप दिने सम्भावना छ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्