अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजना

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : ४४


नयाँ दिल्लीl भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउनु हुने भएको छ ।

उहाँले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग परामर्श गर्ने क्रममा यो योजना सुनाउनु भएको हो ।

भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष समेत रहनु भएका नेता गान्धीले अन्य विज्ञ तथा सरोकारवालाहरूसँग पनि चरणबद्ध रुपमा छलफल गर्ने तयारी गर्नु भएको जनाइएको छ ।

मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने उहाँको भनाई छ ।

सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेण्डा बनाएको थियो ।

आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तिव्रता दिएका छन् । एएनआई


प्रतिक्रिया दिनुहोस्