बञ्चरेडाँडामा २८४ गाडीबाट फोहोर फ्याँकियो, बालेन भन्छन्ः अवरोध हट्यो

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : २४


काठमाडौं। स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ।

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

यसैबीच काठमाडौंका मेयर बालेनले अब फोहोर विसर्जन गर्दा अवरोध नहुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्