१३५ जनाले पक्षमा मतदान गरेपछि हुबहु पारित भयो नागरिकता विधेयक

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : ०३


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्