आज बस्ने भनिएको माओवादीको स्थायी कमिटि वैठक भोलिको लागि सर्यो

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ६ : ५७


काठमाण्डौँ ।

नेकपामाओवादी (केन्द्र) को स्थायी कमिटी बैठक आज नबस्ने भएको छ। आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकको कारणले स्थगित भएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए।

स्थायी कमिटी बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ।

आजको बैठकमा स्थायी कमिटी सदस्यले पूर्णता पाउने र पदाधिकारी समेत चयन गर्ने बताइएको थियो। बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गरेका थिए।


प्रतिक्रिया दिनुहोस्