कपिलवस्तुमा मोटरसाइकल दुर्घटनाः २५ र २९ बर्षका युवकको ज्यान गयो

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ४ : १७


काठमाण्डौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका २ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षिय रमेश बि।क र सोही मोटरसाइकलमा सवार २७ वर्षिय गोपाल बि।क रहेका छन् ।

बुधबार लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाईते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्