म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत, ४८ वर्षे व्यक्ति गिरफ्तार

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  २ : ५५


म्याग्दी। म्याग्दीमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छन्।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ।

घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस्