बन्चरेडाँडामा फोहोर फाल्न जाँदा आज पनि अवरोध

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ११ : २५


काठमाडौं । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएको गाडीहरुलाई स्थानीयले आज बिहानैदेखि अवरोध गरेका छन्।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको उपस्थितिमा सहमति भएको २४ घण्टा नबित्दै स्थानीयले फोहोर बोकेको गाडीलाई अवरोध गरेका हुन्।

हिजो पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले फोहोर विसर्जनमा अवरोध गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्