सीट बाडँफाट गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : ०३


काठमाडौं । आउँदो ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चुनावका लागि सिट बाँडफाँड गर्न सत्तागठबन्धनको बैठक बस्दै छ।

सिटबाँडफाँटको टुंगो लगाउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो। सिटबाँडाफाँटका लागि गठित कार्यदलले बुधबार शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको थियो।

कार्यदल तहमा सिट बाँडफाँटको मोडालिटी टुंगो लाग्न नसकेपछि शीर्ष नेताको सहयोग लिने निर्णय कार्यदलले गरेको थियो। बैठकमा कार्यदल संयोजक कृष्णप्रसाद सिटौलालले हालसम्म भएका सहमतिबारे शीर्ष नेतालाई जानकारी गराउनेछन्।

पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलको निर्णय गर्दै सिटबाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस्