प्रेम गीत-३ चीनमा पनि रिलिज गरिने

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ३३


काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ भारतसँगै चीनमा पनि रिलिज हुने भएको छ।

चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने फिल्म निर्माता सन्तोष सेनले बताएका छन्।

उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ।

हिमाली दृश्यले चिनियाँ दर्शककोे मन लोभ्याउने भन्दै चीनमा पनि डब गर्दै रिलिज गर्ने तयारी गरिएको हो।


प्रतिक्रिया दिनुहोस्