निहारिका बलात्कार प्रकरणः आरोपी श्रेष्ठ पक्राउ

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : १४


निहारिका राजपुत बलात्कार प्रकरणका आरोपी शिवराज श्रेष्ठ जनकपुरबाट पक्राउ परेका छन्।

श्रेष्ठ जनकपुरमा पक्राउ परेको प्रहरीले जनाएको छ।

न्यायका लागि भन्दै लामो समयदेखि राजधानीमा धर्ना बस्दै आएकी निहारिकाले केही दिन अघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्।

निहारिकाले श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएपछि निहारिका कारबाहीको माग गर्दै काठमाडौं आएकी हुन्।


प्रतिक्रिया दिनुहोस्