काठमाण्डौँको फोहोर नउठ्नु पछाडिका ३ कारण (भिडिओ)

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : १३


काठमाण्डौँ ।

काठमाण्डौँ महानगरपालिकाको फोहोर ब्यवस्थापनको विषय आजभोलि दिनप्रतिदिन पेचिलो बन्दै गइरहेको छ । समयमा फोहोर ब्यवस्थापन हुन नसकेपछि आजभोलि मेयर बालेन्द्र साहको आलोचना पनि उत्तिकै भइरहेको छ । गर्दागर्दा यो विषयले द्धन्द्धको स्थिति पनि सिर्जना गर्न थालेको छ । फोहरका गाडीमाथि तोडफोड, गुलेली प्रहार हुन थालेपछि त्यसलाई रोक्न सयौँको संख्यामा प्रहरी परिचालन गर्दै अश्रुग्याँस प्रहार गरेर गरी अवरोध चिर्नुपर्ने स्थिति बनेको छ । काठमाण्डौँको फोहर ब्यवस्थापनको किन विषय यति जटिल बन्दै छ त ? हिजो विद्या सुन्दर शाक्य मेयर हुँदा फोहरको विषयमा किन यति धेरै कुरा आएनन् ? यसको पछाडी ३ मुख्य कारण हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कारण नम्बर १ः स्वतन्त्रलाई असफल पार्ने प्रयास

नेपाली काँग्रेससहितको गठबन्धन र नेकपा एमालेजस्तो पार्टीका उम्मेदवारलाई पराजित गरेर स्वतन्त्र रुपमा र्यापर बालेन्द्र शाह, सामाजिक अभियान्ताद्धय हर्क साम्पाङ र गोपाल हमालले चुनाव जित्छन् भनेर सायदैले अनुमान गरेका थिए । नभन्दै अन्तिम नतिजा आउँदा मेयरमा उनैहरुले नै जिते । धरानमा साम्पाङ, धनगढीमा गोपाल हमाल र काठमाण्डौँमा बालेन्द्रले जितेपछि उनीहरुको पछाडी अहिले ठुलो जमात छ । यसैको कारण अहिले देशभर स्वतन्त्रको लहर चलेको देख्न सकिन्छ । पार्टी र लामो समय राजनीति गरेका नेता फिल्डमा जनताबाट उपेक्षित देखिन्छन् । स्वतन्त्रप्रति जनलहर यति बढेको छ कि राजनैतिक दलका नेताहरुको निद्रा हराम भइसकेको छ । यस्तै स्वतन्त्रको लहर चल्दै जाने हो भने आगामी मंसिर चारको चुनावमा प्रमुख दलका शीर्ष नेता नै बढारिने सम्भावना छ । त्यसैले पनि नेताहरु, दलका वडा अध्यक्षहरु स्वतन्त्रहरुलाई हराउन दत्तचित्त भएर लागेका छन् । काठमाण्डौँको फोहर ब्यवस्थापनमा पनि नेताको यही स्वार्थ निहित देखिन्छ ।

कारण नम्बर २ः स्वतन्त्रले काम गर्न सक्दैनन् भनेर चुनावी एजेण्डा बनाउने दाउ

स्वतन्त्रको जनलहर बढेपछि नेताहरु अब उनीहरुलाई असफल बनाएर चुनावी एजेण्डा बनाउन चाहान्छन् । त्यसैले पनि शीर्ष नेतादेखि कार्यकर्ता तहसम्मका ब्यक्तिहरु स्वतन्त्रहरुविरुद्ध जाइलागेका छन् । राम्रो काम गर्न खोज्दा पनि दलका नेताहरु उनीहरुलाई काम गर्न दिइरहेका छैनन् । यसको ज्वलन्त उदाहरणको रुपमा काठमाण्डौँको फोहरमाथि गरेको राजनीतिलाई लिन सकिन्छ । फोहरका गाडीमाथि तोडफोड गर्ने, गुलेली हान्ने र संयुक्त विज्ञप्ती निकालेर बिर्सजन गर्न दिँदैनौँ भनेर सडकमा उत्रनु त्यसैको अर्को कारण हो । यसैगरी स्वतन्त्र अभियानमा अवरोध गरेर उनीहरु मंसिर चारसम्ममा स्वतन्त्रहरुले केही गर्न सक्दैनन् भन्ने एजेण्डा लिएर जाने तयारी स्वरुप पनि नेताहरुले यसो गरको बुझ्न सकिन्छ । त्यसो होइन भने केपी ओली, शेर बहादुर देउवा, पुष्पकमला दाहाल प्रचण्डका अभिब्यक्तिमा स्वतन्त्रहरुको विरोध र आक्रोश देखिँदैनथ्यो ।

कारण नम्बर ३ः बालेनमा कुशल नेतृत्वको अभाव

काठमाण्डौँको फोहर ब्यवस्थापन हुन नसक्नुमा बालेन्द्र शाहको कुशल नेतृत्व पनि एक हो । मेयर भइसकेपछि उनले गरेका कतिपय निर्णय विवादित, काँचा र अपरिपक्व छन् मेयर बालेनसाप्ले केही गर्न खाजेका छन् नै तर राजनीति र कुटनीतिमाथि खेल्न नजान्दा आज उनले अवरोधको तगारो फोर्न सकेको देखिन्न । यिनै कारण हिजोकोजस्तो जनसमर्थन उनमा देखिन्न । बालेन्द्रले केही युटुभरलाई बोकेर हिँडि मुल धारका मिडियाप्रति उदार देखिन्छन् । जसको कारण उनको पक्षमा मुलधारका मिडियाले पनि खुलेर त्यति लेखेको देखिन्न । यसको प्रतिफलस्वरुप बालेनमाथि दलका जनप्रतिनिधि हाबी देखिन्छन् । राम्रो काममा अवरोध गर्नेलाई आफ्नो अधिकार प्रयोग गरी पेलेर जान पनि सक्थे बालेन तर यहाँनेर पनि उनी कमजोर देखिन्छन् । जब कि यस्ता अवरोध गर्नेलाई धरानका मेयरले सजिलै चिर्न सकेका छन् । चुनावअघि फोहोर ब्यवस्थापनको लागि बालेनले निकै गुलिया कुरा गरेका थिए । ६ महिनाभित्र फोहर उठाउन सक्छु भनेर उनले सजिलै भन्ने गर्थे । तर कुरा कार्यान्वयन गर्ने तहमा आएपछि भने उनले यस विषयमा ठोस योजना र योजना बनाउन नसकिरहेको देखिन्छ । फाहेरलाई मोहरमा परिणत गर्ने गरी दीर्घकालिन रुपमा के गर्न सकिन्छ भनेर उनले प्रष्ट खाका पनि महानगरबासिलाई दिन सकेको पाइँदैन । दिनप्रतिदिन उनको आलोचना हुन थालेपछि उनी अचेल अतालिन थालेको देखन्छ सकिन्छ ।

काठमाण्डौँको फोहर ब्यवस्थापनको मूल दायित्व स्थानीय सरकारकै हो । तर काठमाण्डौँको हकमा भने यो प्रयासले मात्र सार्थककता पाउने छाँट देखिन्न । यसको लागि संघीय सरकार, शहरी विकास मन्त्रालय र प्रदेश सरकारको पनि ध्यान जानु पर्दछ । होइन भने धेरै पछिसम्म यो विषय यस्तै पेचिलो बन्दै जाने छ । यदि दलहरुले राम्रो काममा अवरमेध जारि नै राखिरहे र उनीहरुको असफलतालाई चुनावी एजेण्डा बनाउने दुष्प्रयत्न गरे भने त्यसले उनीहरुलाई नै नपोल्ला भन्न सकिन्न ।

भिडिओ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्