भारतबाट घटेर आयो इन्धनको मूल्य, निमगले नेपालमा नघटाउने

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ५३


काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य घटेर आएपनि नेपाल आयल निगमले नघटाउने भएको छ।

भारतीय आयल कर्पोरेसलाई चार महिनादेखि बाँकी भुक्तानी दिन नसकेको बताउदै निगमले इन्धनको मुल्य घटेर आएपनि नेपालमा यथावत रहने बताएको छ।

भारतबाट मुल्य घटेर आएपनि अहिले निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको जनाएको छ।

त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर ४९९ रुपैयाँ घाटामा रहेको बताउदै निगमलाई मासिक करिब ६२ करोड अझै घाटा रहेको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्