देशभर ७२ जना आईसीयू भेन्टिलेटरमा, काठमाडौंमा थपिए २७१ संक्रमित

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ४६


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७१ जना कोभिड १९ संक्रमित थपिएका छन्।

आज काठमाडौंमा २३५, भक्तपुरमा ७ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ४३८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल ७२ जना आईसीयू भेन्टिलेटरमा छन्।

देशभर ८४८ आज नयाँ संक्रमित थपिएका छन्। ५ हजार ६१९ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो। एक जना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्