चिनियाँ जनमुक्ति सेनामा भर्ती खुल्यो, विज्ञान–प्रविधिका डिग्रीधारीलाई प्राथमिकता!

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : ४२


काठमाडौं। चीनले आफ्नो प्रान्त भएको दाबी गर्ने ताइवानको विषयमा दिनदिनै विवाद बढिरहेका बेला चिनियाँ जनमुक्ति सेनाले भर्ती खुलाएको छ।

अमेरिकी कँग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन ज्यादै रुष्ट बनेको छ र यतिबेला अमेरिकी सांसदहरुको टोली पनि ताइवान पुगेपछि चीनले आफू हेपिएको महसुस गरिरहेको छ।

यस्तो अवस्थामा चीनले आफ्नो सैन्य संख्यालाई बढाउन सेनामा भर्ती खुलाएको हो। चिनियाँ जनमुक्ति सेनाले सूचना जारीगर्दै सेनामा भर्ती हुन पहिलेको उमेर हदलाई पनि बढाइएको जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसअघि २४ वर्षसम्मकाले सेनामा भर्ती हुन पाउथे भने यतिबेला २६ वर्षसम्मकाले चिनियाँ सेनामा भर्ती हुन पाउँछन्।

विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र हिसाब अध्ययन गरेकालाई सेनामा भर्तीका क्रममा प्राथमिकता दिइने पनि बताइएको छ।

यस्ता विषय पढेका सेनाहरुले युद्धमा राम्रो परिणाम दिनसक्ने चीनको अपेक्षा छ। ग्लोबल टाइम्सका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ र हिसाब पढेका व्यक्तिहरु सामान्य मानिसभन्दा निकै चलाख पनि हुन्छन्।


प्रतिक्रिया दिनुहोस्