‘पितृसत्तात्मक सोचको विरुद्धमा इन्गेजमेन्ट तोडे, सबैखाले अन्यायको अन्त्य हुनुपर्छ’

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : ११


काठमाडौं। प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेको छोटो समयमै चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी थिइन्।

त्यसबेला उनले ‘कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ’ भनेकी थिइन्।

यतिबेला उनले इन्गेजमेन्ट तोडिनुको कारण खुलाएकी छिन्। उनले आफू र बराइलीबीच सम्बन्ध तोडिनुमा पितृसत्तात्मक सोचलाई दोष दिएकी थिइन्।

साथै उनले सञ्जीवसँग अन्तर्जातिय प्रेम सम्बन्ध स्थापित गर्नुलाई जातीय विभेदको विरुद्धमा आफू भएको स्पष्ट पार्न खोजेकी छिन्।

उनले फेसबुकमा लेखेकी छिन्,‘मेरो पहिलो निर्णयः समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो। मेरो दोश्रो निर्णयः पितृसत्तात्मक सोचको विरुद्धमा हो। मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ। समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ।’


प्रतिक्रिया दिनुहोस्