लभेष प्याकुरेल
नेपाल लाइफ इन्स्योरेन्स कुनै समय नेपालको नम्बर १ बीमा कम्पनीको रूपमा परिचित थियो। सोहि कम्पनीको व्यवसाय अहिले ओरालो लागेको छ। गत आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानी नेपाल लाइफ इन्स्योरेन्सले बुक गरेको छ। नेपालमा ‘ब्लु चिप’ कम्पनीको पहिचान बनाएको नेपाल लाइफ इन्स्योरेन्सको आगामी दिन भने निश्चित छैन। कुनै समय हरेक इन्डिकेटरमा नम्बर १ रहदै आउने नेपाल लाइफलाई अब आफ्नो साख जोगाउनै धौधौ पर्ने निश्चित छ। नेपालमा अहिले नयाँ आएका जीवन बीमा कम्पनीहरुको आक्रामक बजार विस्तारको अगाडि हालको जस्तो पुवर इन्डिकेटर र पर्फमेन्सले नेपाल लाइफ इन्स्योरेन्सलाई आफ्नो इण्डस्ट्री लिडरको पहिचान निश्चित रुपमा गुमाउन सक्ने खतरा छ।
नेपाल लाइफ इन्स्योरेन्समा वित्तीय पहिरोः
आर्थिक वर्ष २०७७/७८ मा नेपाल लाइफ इन्स्योरेन्समा वित्तीय पहिरो नै गएको छ। २१ वर्षे इतिहास रहेको यस कम्पनीले पहिलो पल्ट खराब पोलिसीको जोखिम व्यवस्थापनको लागि मात्र ७७ करोड ८० लाख रुपैयाँ छुट्याएको छ। नेपाल लाइफ इन्स्योरेन्सले कुल ३५ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
वृद्धिको हिसाबले यो मात्र साँढे ९ प्रतिशत हो। अघिल्लो वर्षको तुलनामा कम्पनीले व्यवस्थापन खर्च एक करोड रूपैयाँले मात्र न्यून गर्न सकेको छ भने २ अर्ब १८ करोड रुपैयाँ व्यवस्थापन खर्च बुक गरेको छ। कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी र खुद नाफाको वृद्धि अनुपातमा आएको असमानताले गर्दा प्रति सेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ र कम्पनी प्रति सेयर ४.३० रुपैयाँ नोक्सानीमा छ। हाल अर्थतन्त्रमा मन्दीको अवस्था छ। यस्तो अवस्थामा ठुलो नेटवर्क, ठुलो दायित्व र निकै ठुलो संचालन खर्च रहेको नेपाल लाइफ इन्स्योरेन्सको चुनौती पनि ठुलै छ। यो चुनौती नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघाई र सीइओ प्रवीण रमण पराजुलीको काँधमा आइपुगेको छ।
२२ वर्षको सफल इतिहास बोकेको एउटा टप कम्पनी कसरी एक वर्षमै यत्रो नोक्सानी मा पुग्यो? सीइओ प्रवीण रमण पराजुली भन्छन् ‘यो त्यति ठुलो कन्सर्नको बिषय मलाई लाग्दैन, रिपोर्ट हेर्दा बटम लाइनमा त यसले इम्प्याक्ट गर्या छ, तर रिपोर्टलाई राम्ररी हेर्यौ भने कोर एक्टिभिटिज र अदर्स एक्टिभिटिजलाई अलग अलग राखेर हेर्दा हाम्रो पर्फोर्मेंन्स नराम्रो पनी छैन। हामीले १०% ले प्रिमियम कलेक्सन ग्रोथ गरेका छाँ, कुल ३५ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यसले इन टम्स अफ बिजनेस हाम्रो स्ट्रेन्थ प्रुफ गर्छ। केहि बाहिरी कारणले च्यालेज थपिएका छन् जस्तै सरेन्डर बढ्ने,पोलिसी लोन बढ्ने, यो कोभिड पछि मान्छेको फाइनान्सियल नीड बढ्दा भएको हो, यो नेपाल लाइफको मात्र नभएर इण्डस्ट्रि कै चुनौती हो। क्यापिटल मार्केटमा देखिएको निरासाजनक इन्डिकेटरले पनि हाम्रो इन्भेस्टमेन्ट मा पनि २/४ महिना असर पार्यो। तर यो एक बर्षमा हामीले शर्ट टर्म इन्भेस्टमेन्टलाई पनि लङ टर्म र बेटर यिल्डमा ट्रान्सफर गरी सकेका छौं। कुनै पनि कम्पनीलाइ नाप्ने त यिल्ड मा मिजर गर्ने त हो, जुन हाम्रो सोलिड छ। मात्र के हो भने बटम लाइनमा देखिएको यो अहिलेको लस अपरेटिंग लस हैन, गत बर्ष हाम्रो १८ करोड जती राइट ब्याक भएको छ, त्यति बेला प्रोभिजिनिंग जिरो थियो, अब क्यापिटल मार्केटको डाउनटर्नले अलिकति सेट ब्याक भएको चाहिँ हो। हामीले खराब पोलिसीको जोखिम व्यवसथापनको लागी मात्र ७७ करोड ८० लाख रुपैयाँ छुट्याएका छौ, अब एक्चुरिको रिपोर्ट कुरौँ, ५/६ महिनामा इक्वेसन पुरै चेन्ज हुन् पनी सक्छ, किनकी हाम्रो स्ट्रंग बेस छ, नेटवर्क छ र बिजनेस होल्ड छ – त्यसैले अहिले खाली पे ब्याक मा यसले शर्ट रन असर रिफ्लेक्ट गरेको हो, नाथिंग टु वारी वि आर स्टिल लिडिङ्।’
२०७८ वैशाख २१ गते आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको थियो नेपाल लाइफ इन्स्योरेन्स र सोहि अवधिमा एक तिहाई बजार हिस्सा ओगट्न सफल भएको जनाएको थियो। बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको दाबी गर्दै कम्पनीले सर्वाधिक लगानी रु. १११.४७ अर्ब रुपैयाँ,सर्वाधिक जीवन बीमा कोष रु. १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष रु. ८ अर्ब ८५ करोड भन्दा बढी रहेको जनाएको थियो। कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दा बढी सर्वाधिक प्रशिक्षित अभिकर्ता तथा वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेको कम्पनीले जनाएको थियो। त्यसो भए किन एक बर्षमै यो कम्पनीले ३५ करोड भन्दा अधिक नोक्सानी बेहोर्नुपर्यो त ?
नेपाल लाइफ र लस कन्स्पिरेसी
नेपाल लाइफ इन्स्योरेन्सका सीइओ प्रवीण रमण पराजुलीले हालको ३५ करोड प्लस को घाटालाई ‘नाथिंग टु वारी वी आर स्टिल लिडिङ्’ भनी रहदै गर्दा बजार र यसका शेयर बजारका लगानीकर्ता भने रनभुल्लमा परेका छन्। कसरी बर्षौ शानदार डिभिडेन्ट बाँढ्ने? जीवन बीमामा एक नम्बर रहँदै आएको कम्पनी एक बर्षमा यस्तरी धरासायी भयो? बजारमा कन्स्पिरेसी थ्यौरीले समेत स्थान पाउँदै गएको छ। एकथरी कन्स्पिरेसी थ्यौरीका अनुसार हाल नेपाली बीमा बजारमा मर्जरको लहर आउन लागेको छ र नेपाल लाइफ इन्स्योरेन्सका ‘बिहाइण्ड द सिन प्ल्येअर’हरु यसकै ताकमा कम्पनीमा ‘मेनुपुलेसन ‘गर्दै नोक्सानी को ग्रयाण्ड डिजाइन गरिएको चर्चा समेत चलेको छ?
के नेपाल लाइफ इन्स्योरेन्सले ब्यालेन्स सिट म्यानुपुलेट गरेको हो त “चार्ज एप्लिकेबल नै छैन, हामीलाई बिमा समितिको निती अनुरसार मर्जरमा जानु पर्ने नै छैन– हाम्रो क्यापिटल ८ अर्ब प्लस छ, यो बेकार को रयुमर मात्र हो“ भन्छन सीइओ पराजुली।
कहाँ भयो चुक किन भयो लस ?
प्रमोटर इन्भेस्टरको ओभर कन्फिडियन्स
१० बर्ष सीइओ रहेका विवेक झाको पलाएन पछि उत्पन्न भ्याकुम
पुर्व सीइओ सन्तोष प्रसाईको कम्जोर लिडरसिप र प्रमोटर इन्भेस्टर रिलेसनशिप ग्याप
कोभिड पछि उत्पन्न बाहिरी दवाब
सर्टटर्म प्रफिट ओरिएण्टेड पोर्टफोलियो म्यानेजमेन्ट र खस्किँदो नेपाली सेयर बजार
के छ त सीइओ प्रवीण रमण पराजुलीसंग रेस्क्यु प्लान ?
उनी भन्छन् हामीलाई रेस्क्यु चाहिएको नै छैन, यो रेस्कुय शब्द मै मेरो अब्जेक्सन छ, यति बेला वि जस्ट नीड टु रिएनरजाइज । र यसको लागी अब हामीले गर्नु पर्ने निम्न कार्य हुन् ।
१ . संस्था को रिस्ट्रक्च्रिङ्ग हो, जुन हामी ले गरि नै सकेका छाँ
२ . इन्भेस्टमेन्ट म्याक्सिमाइजेसन हो दोस्रो पार्ट जुन सुरु भइ नै सक्यो
३ . तेस्रो बेटर सर्भिस र टेक्नोबेस सर्भिस हो जस मा हामी लागि परेका छाँ
४ . चौथो टिममा फ्रेसनेसको कुरा हो र हामी बेस्ट रिसोर्स इम्पोर्ट पनि गर्दै छौँ
५. हाम्रो मैन स्ट्रेन्थ भनेकै हाम्रो एजेन्सी फोर्स हो, यसको क्यापासिटी बिलिडिङ्ग्मा हामी लागेका छौँ
यो सबैको रिजल्ट भनेको एउटा स्ट्रंग अर्गनाइजेसन हो, र अहिले हामीले गरेका रणनीतिक सुधारले यो आर्थिक बर्षमै नेपाल लाइफ इन्स्योरेन्सले रिफ्लेक्ट गरिहाल्छ, इट इज जस्ट अ म्याटर अफ टाइम। किनकि जीवन अमूल्य छ भन्ने नारा बोकेर नेपाल लाइफ अघि बढी रहेकोछ। नेपाल लाइफ इन्स्योरेन्सलाई अहिले भने मुनाफा अनिवार्य छ को नारा बोक्नु जरुरी देखिन्छ।