पुटिनले भनेः रुसका नयाँ हतियार विश्वकै सबैभन्दा शक्तिशाली

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ५४


काठमाडौं। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो देशको नयाँ हतियारहरु विश्वकै सबैभन्दा शक्तिशाली भएको बताएका छन्।

पुटिनले अत्याधुनिक हतियारहरु आफ्ना सहयोगी राष्ट्रलाई बेच्न र उनीहरुसँग सैन्य प्रविधिका विषयमा सहकार्य गर्न तयार भएको बताउँदै आफ्ना नयाँ हतियार प्रतिद्वन्द्वी राष्ट्रहरूको भन्दा धेरै शक्तिशाली भएको बताएका हुन्।

युक्रेनमा सैन्य अभियान संचालन गरिरहँदा आफ्ना देशका हतियारले प्रतिद्वन्द्वी राष्ट्रहरूका हतियारलाई पछाडि पार्न सकेको उनको दाबी छ।

पुटिनले भनेका छन्,‘हामी हतियारको प्रतिस्पर्धामा अन्यभन्दा वर्षौ अगाडि छौं। हामी हाम्रा सहयोगी राष्ट्रलाई अत्याधुनिक हतियार बेच्न चाहन्छौं। साना हतियारदेखि सैन्य गाडी, युद्धक विमान, ड्रोनहरु हामी बेच्न तयार छौं जुन ज्यादै शक्तिशाली छ।’

आफूले बेच्न लागेका हतियार युद्धमा धेरैपटक प्रयोग गरिसकेको र ती हतियार शक्तिशाली हुन भन्ने प्रमाणित भइसकेको पनि पुटिनको भनाइ छ। अल्जाजिराको सहयोगमा


प्रतिक्रिया दिनुहोस्